१८ असार २०८३, बिहीबार

सर्वोच्चको आदेश : मेगा बैंक सीईओ पाण्डे हाजिरी जमानीमा रिहा, अनुसन्धान भने जारी रहने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न शुक्रबार आदेश दिएको छ।

गैरकानुनी थुनामा राखिएको भन्दै ज्योतिकी श्रीमती निरू दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई एकजना वरिष्ठ अधिवक्ताको रोहबरमा राखेर हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो। पाण्डेलाई हाजिरी जमानीमा छाडे पनि अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतले निर्देशन दिएको छ।

सर्वोच्चले पाण्डेलाई प्रारम्भिक अवस्थामै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै उनको पक्षमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो। साथै, पाण्डेले आवश्यक परेमा मात्र विदेश यात्रा अनुमति अदालतबाट लिनुपर्ने व्यवस्था गर्न पनि सर्वोच्चले निर्देशन दिएको छ।

पाण्डेमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री प्रक्रियामा आपराधिक विश्वासघात लगायत आरोप लगाउँदै सिन्धुलीबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। पाण्डेलाई भाग्दै गरेको आरोपमा पक्राउ गरेपछि बैंक तथा वित्तीय क्षेत्रका संघसंस्थाहरूले विरोध जनाउँदै राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button