१८ असार २०८३, बिहीबार

नेपालको कुल बेरुजु साढे ७ खर्ब नाघ्यो, एक वर्षमै ८८ अर्ब थपियो

काठमाडौं । नेपालको कुल बेरुजु आर्थिक वर्ष २०८१/८२ मा ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३ औं प्रतिवेदनले बेरुजु अघिल्लो वर्षको तुलनामा २.९९ प्रतिशतले वृद्धि भएको देखाएको हो।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा मात्र नेपालको तीनै तहको सरकार र विभिन्न समिति तथा सरकारी संस्थाहरूको बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ थपिएको छ। जसमध्ये सबैभन्दा धेरै सङ्घीय सरकारी कार्यालयहरूको ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेश सरकारी कार्यालयहरूको ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहको १९ अर्ब ४ करोड ७७ लाख र विभिन्न समिति तथा संस्थाहरूको १० अर्ब ३२ करोड ७० लाख रुपैयाँ रहेको छ।

महालेखाको प्रतिवेदनले गत वर्षको कुल बेरुजुमध्ये ३२ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ असुल गर्नुपर्ने र ५० अर्ब २६ करोड ८८ लाख रुपैयाँ नियमित गर्नुपर्ने देखाएको छ। महालेखाले औंल्याएको बेरुजुमा पेश्की रकम भने समावेश गरिएको छैन। यस वर्ष महालेखाले ५ हजार ५२६ वटा निकाय, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ९४ खर्ब ८४ अर्ब ५० करोड ९८ लाख रुपैयाँको लेखापरीक्षण गरेको जनाएको छ। सङ्घीय मन्त्रालयहरूमध्ये वन तथा वातावरण मन्त्रालयको बेरुजु सबैभन्दा धेरै १३.९६ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button