१८ असार २०८३, बिहीबार

पुटिन र सीबीच बेइजिङमा ऐतिहासिक वार्ता हुँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे १९ र २० मा चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुन लागेको यो भ्रमण दुई देशबीचको सम्बन्धका लागि कोसेढुङ्गा मानिएको छ।

दुई मित्रराष्ट्रबीच सन् २००१ मा हस्ताक्षर भएको ‘असल छिमेकीपन, मित्रता र सहयोग सन्धि’को रजत जयन्तीसँगै यो भ्रमणले थप अर्थ राखेको छ। सो सन्धि दुई देशबीचको अन्तरराज्य सम्बन्धको जगका रूपमा लिइन्छ।

क्रेमलिन स्रोतका अनुसार भ्रमणका क्रममा दुवै नेताबीच द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने, बृहत् साझेदारी र रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। साथै, प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा दुवै पक्षले आ-आफ्ना धारणा आदानप्रदान गर्ने कार्यक्रम छ।

भ्रमणकै अवसरमा सन् २०२६-२०२७ का लागि तोकिएको ‘रुस र चीन शिक्षा वर्ष’को औपचारिक उद्घाटन पनि हुनेछ। वार्तापश्चात् दुवै राष्ट्रप्रमुखले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुका साथै थुप्रै द्विपक्षीय अन्तरसरकारी, अन्तरविभागीय तथा अन्य दस्तावेज आदानप्रदान हुने अपेक्षा गरिएको छ।

पुटिनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ, जहाँ दुई देशबीचको व्यापार र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल हुने बताइएको छ।

विश्व राजनीतिका दुई शक्तिशाली खेलाडीबीचको यो भेटवार्ताले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा नयाँ समीकरणको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button