दक्षिण चीनको ग्वाङ्सीस्थित नदीमा कार खस्दा १० जना बेपत्ता

दक्षिण चीनको ग्वाङ्सी जुआङ स्वायत्त क्षेत्रअन्तर्गत ह्वानजियाङ माओनान स्वायत्त काउन्टीमा नदीमा कार खस्दा १० जना बेपत्ता भएका छन्। स्थानीय अधिकारीहरूले शनिबार यसबारे जानकारी दिएका हुन्।
दुर्घटना शुक्रबार राति करिब साढे ९ बजे भएको थियो। सवारी साधनमा १५ जना सवार रहेकामा पाँच जना जीवितै रहेको अधिकारीहरूले जनाएका छन्।
खोज तथा उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।





