१८ असार २०८३, बिहीबार

रुसी र कजाख राष्ट्रपतिबीच टेलिफोन वार्ता, अस्टाना भ्रमणको तयारीबारे छलफल

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्त तोकायेभबीच मे १७ मा टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा राष्ट्रपति पुटिनले राष्ट्रपति तोकायेभलाई जन्मदिनको शुभकामना दिएका थिए। कजाख राष्ट्रपतिले महान् विजयको ८१ औं वार्षिकोत्सवका अवसरमा मस्कोमा आयोजित औपचारिक कार्यक्रममा सहभागिताका लागि आफ्नो बसाइका क्रममा प्राप्त न्यानो आतिथ्यताप्रति आभार व्यक्त गरे।

दुई नेताबीच राष्ट्रपति पुटिनको आगामी राजकीय भ्रमण र अस्टानामा हुने सर्वोच्च युरेसियाली आर्थिक परिषद्को बैठकको तयारीसँग सम्बन्धित समसामयिक विषयमा पनि छलफल भएको थियो। यसअघि राष्ट्रपति पुटिनले राष्ट्रपति तोकायेभलाई जन्मदिनको लिखित शुभकामना सन्देश पनि पठाएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button