५ असार २०८३, शुक्रबार

स्मार्टफोनको व्यापक प्रयोगसँग जन्मदर गिरावट जोडिएको एफटीको दाबी

लन्डन । विश्वका सबै क्षेत्रमा स्मार्टफोनको व्यापक प्रसार र जन्मदरमा आएको गिरावटबीच सम्बन्ध रहेको फाइनान्सियल टाइम्सका पत्रकारले दाबी गरेका छन् । मोबाइल फोनको ठूलो मात्रामा भएको बिक्रीको तथ्यांकलाई उद्धृत गर्दै प्रकाशित एक रिपोर्टमा यो दाबी गरिएको हो ।

रिपोर्टका अनुसार अमेरिका, बेलायत र अस्ट्रेलियामा जन्मदर सन् २००७ देखि तीव्र रूपमा घट्न सुरु भएको थियो । फ्रान्स र पोल्यान्डमा सन् २००९ तथा मेक्सिको, मोरक्को र इन्डोनेसियामा सन् २०१२ को आसपास यो गिरावट देखिएको थियो । यी सबै समयावधिहरू ती देशहरूमा स्मार्टफोन बिक्रीमा आएको वृद्धिसँग मेल खाने एफटीले जनाएको छ ।

यद्यपि, जन्मदर र स्मार्टफोन प्रयोगबीचको यो सम्बन्धलाई प्रत्यक्ष कारक मान्न सकिने विषयमा विज्ञहरूबीच विभिन्न मत रहेको छ । सहरीकरण, शिक्षा, करियरप्रतिको प्राथमिकता, आर्थिक अवस्थालगायत अन्य थुप्रै कारणले पनि जन्मदरमा प्रभाव पारेको उनीहरूको भनाइ छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button