१८ असार २०८३, बिहीबार

इजरायल एफपीभी ड्रोनविरुद्ध ठूलो प्रयास गर्न प्रतिबद्ध : नेतान्याहु

तेल अभिभ । इजरायलले एफपीभी (फस्ट पर्सन भ्यू) ड्रोनको बढ्दो खतराविरुद्ध ठूलो प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले यस क्षेत्रमा नयाँ विचार र रणनीति विकासका लागि युक्रेन युद्धको समेत गहन अध्ययन भइरहेको जानकारी दिए ।

उनका अनुसार इजरायली सेनाले युक्रेन द्वन्द्वलगायत विश्वका विभिन्न युद्धक्षेत्रबाट ड्रोन प्रतिरक्षासम्बन्धी अनुभव र प्रविधिको अध्ययन गरिरहेको छ । एफपीभी ड्रोन सस्तो मूल्यको भए पनि युद्धक्षेत्रमा अत्यन्त घातक साबित भइरहेकाले यसको सामना गर्न नयाँ प्रविधि र रणनीति अपनाउन आवश्यक रहेको नेतान्याहुले बताए । पछिल्लो समय मध्यपूर्वका विभिन्न सशस्त्र समूहले इजरायलविरुद्ध ड्रोन आक्रमणलाई तीव्रता दिएका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button