५ असार २०८३, शुक्रबार

‘इरानका लागि घडीको सुई चलिरहेको छ’ : ट्रम्पको कडा चेतावनी, मंगलबार सैन्य विकल्पबारे बैठक हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ‘घडीको सुई चलिरहेको’ बताएका छन्। उनले इरानी नेतृत्वले तुरुन्त कदम नचालेमा ‘केही बाँकी नरहने’ धम्की दोहोर्याएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आइतबार लेखेका छन्, ‘इरानका लागि घडीको सुई चलिरहेको छ। उनीहरूले छिटो कदम चाल्नु राम्रो हुन्छ, हैन भने केही बाँकी रहनेछैन। समयको अत्यन्त महत्व छ।’

यसअघि आइतबार नै ट्रम्पले इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका थिए। ह्वाइट हाउसले तेहरानविरुद्ध पुनः सैन्य कारबाहीको विकल्पमाथि विचार गरिरहेका बेला दुई नेताबीच इरानबारे कुराकानी भएको धेरै सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी समाचार आउटलेट एक्सियोसले दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्पले मंगलबार ह्वाइट हाउसमा आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरी सैन्य विकल्पबारे छलफल गर्ने जनाएको छ। यो घटनाक्रमले अमेरिका र इरानबीचको तनाव पुनः चरमोत्कर्षतर्फ उन्मुख भएको संकेत गर्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button