२३ भाद्र २०८३, मंगलवार

रुसी दूतावास बेइजिङद्वारा ‘टाक्ला माकान–२०२६’ मा कामाज–मास्टरलाई शुभकामना

रुसी दूतावास बेइजिङले एसियाकै सबैभन्दा ठूलो र कठिन अफरोड प्रतियोगिता ‘टाक्ला माकान–२०२६’ अन्तर्राष्ट्रिय र्यालीमा कामाज–मास्टर खेलकुद टोलीको सहभागिताको जानकारी दिएको छ। ‘पूर्वको डकार’ उपनामले चिनिने यो प्रतियोगिता मे १६ मा उरुम्चीबाट सुरु भई जुन ३ मा अक्सुमा समापन हुनेछ।

प्रतियोगितामा टोलीले ८ हजार किलोमिटर अफरोड यात्रा तय गर्नेछ, जसमध्ये ४२ सय किलोमिटर उच्च गतिको विशेष खण्ड रहेको छ। मार्गको ६० प्रतिशत भाग बलौटे भूभागले ढाकिएकाले यसलाई ‘वास्तविक चरम परीक्षणस्थल’ को संज्ञा दिइएको छ।

सन् २०२६ को संस्करणमा पहिलोपटक ‘म्याराथन चरण’ समावेश गरिएको छ, जसमा सहभागी टोलीले मेकानिकको सहयोगविना नै लामो दूरी पार गर्नुपर्नेछ। प्रतियोगितामा कार, मोटरसाइकल, ट्रक र नवीकरणीय ऊर्जा स्रोतबाट चल्ने सवारीसाधन गरी चार विधामा प्रतिस्पर्धा हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button