५ असार २०८३, शुक्रबार

अमेरिकाको अस्टिनमा अन्धाधुन्ध गोलीबारी, चार घाइते, बासिन्दालाई घरभित्रै बस्न आदेश

अस्टिन (टेक्सस) । अमेरिकाको टेक्सस राज्यस्थित अस्टिन सहरमा आइतबार भएका कम्तीमा १० वटा छुट्टाछुट्टै अन्धाधुन्ध गोलीबारीका घटनामा परी चार जना घाइते भएका छन्।

अस्टिनका मेयर कर्क वाट्सनले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न संदिग्धको खोजी भइरहेको जानकारी दिए। उनका अनुसार गोलीबारी भएका स्थानमा दमकल केन्द्रहरू पनि समावेश छन्।

घटनापछि अनुसन्धान जारी रहेकाले अस्टिनको दक्षिणी क्षेत्रका बासिन्दालाई सुरक्षित रहन घरभित्रै बस्न आदेश दिइएको छ। प्रहरीले संदिग्धको पहिचान र गोलीबारीको कारणबारे थप जानकारी सार्वजनिक गरिसकेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button