एकसाथ मिसाएर पिउन नहुने पेय पदार्थ

आधुनिक जीवनशैलीमा मानिसको खानपान विविधतापूर्ण बन्दै गएको छ। तर, कतिपय पेय पदार्थ एकसाथ मिसाएर पिउँदा पेटमा पुगेपछि तिनले विषाक्त रूप धारण गर्न सक्छन् र शरीरलाई हानि पुर्याउन सक्छन्। तसर्थ, निम्न प्रकारका पेय पदार्थ एकसाथ मिसाएर पिउनु हुँदैन।
१. मदिरा र ऊर्जा पेय (ह्वाइट वाइन + रेड बुलजस्ता)
मदिरा र ऊर्जा पेय एकसाथ मिसाएर पिउनु हुँदैन। उदाहरणका लागि, ह्वाइट वाइन र रेड बुलजस्ता पेय एकसाथ मिसाएर पिउँदा मस्तिष्कको स्नायु उत्तेजित भई मदिरा सेवनमा नियन्त्रण गर्न कठिन हुन्छ, जसले शरीरमा अल्कोहलको मात्रा सीमाभन्दा पार गरी स्वास्थ्यमा हानि पुर्याउँछ। अनुसन्धानले देखाएअनुसार, मदिरा र ऊर्जा पेय एकसाथ पिउँदा मस्तिष्कको प्राकृतिक स्नायु पोषक तत्वको स्तर स्पष्ट रूपमा बिग्रन्छ, जसले स्मरणशक्ति कमजोर र बोध क्षमता गम्भीर रूपमा खस्किनुका साथै दीर्घकालीन प्रकृतिको हानि पुर्याउन सक्छ। विशेष गरी किशोरकिशोरीको हकमा मस्तिष्क विकासकै क्रममा रहेकाले हानि झन् बढी हुन्छ।

२. कफी र ऊर्जा पेय (कफी + रेड बुलजस्ता)
कफीजस्तै ऊर्जा पेयमा पनि क्याफिनको मात्रा हुन्छ। यदि कफी र रेड बुलजस्ता पेय दुईवटै एकसाथ मिसाएर पिउने हो भने शरीरमा क्याफिनको मात्रा ३८० मिलिग्रामसम्म पुग्न सक्छ, जुन खाद्य सुरक्षाको मापदण्डभन्दा निकै माथि हो। युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) ले एक स्वस्थ वयस्कका लागि एकपटकमा क्याफिनको मात्रा २०० मिलिग्रामभन्दा बढी नहुने सिफारिस गरेको छ। यदि यो मापदण्डभन्दा बढी भयो भने मुटुको धड्कन तीव्र हुने, रक्तचाप बढ्ने र मुटुको धड्कन अनियमित हुनेजस्ता मुटुरोग निम्तिन सक्छ।
३. मदिरा र कार्बोनेटेड पेय (ह्वाइट वाइन + कोकजस्ता)
कार्बोनेटेड पेयमा रहेको कार्बन डाइअक्साइडले पेटको म्युकोसालाई उत्तेजित गरी पेटको संकुचन शक्ति बढाउँछ र आन्द्रामा अल्कोहलको अवशोषण तीव्र बनाउँछ, जसले रगतमा अल्कोहलको स्तर द्रुत रूपमा बढाएर सजिलै मात्तिने र पेटमा हानि पुर्याउँछ। अनुसन्धानले देखाएअनुसार, ह्वाइट वाइन र कोकजस्ता पेय एकसाथ पिउँदा शरीरको रगतमा अल्कोहलको स्तर ह्वाइट वाइन मात्र पिउँदाको तुलनामा १.२ गुणाभन्दा बढी हुन्छ भने साथसाथै पेट फुल्ने, दुख्ने, पाचन गाह्रो हुने र गम्भीर प्रकृतिको पेटको सुन्निने समस्या पनि हुन सक्छ।
विशेषज्ञले सबैलाई तिर्खा लाग्दा एकै प्रकारको पेय पदार्थ मात्र पिउन र विभिन्न प्रकारका पेय पदार्थ थोरैथोरै मिसाएर नपिउन सुझाव दिएका छन्। यदि एकैपटक पिउनै परेमा कम्तीमा १ देखि २ घण्टाको समयान्तर राख्नुपर्छ।





