एमाले मोरङद्वारा लेटाङ वडाध्यक्ष श्रेष्ठ निलम्बित

मोरङ। नेकपा (एमाले) मोरङले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठमाथि अन्य दलसँग साँठगाँठ गर्दै पार्टीको नीति, विधि र पद्धतिविपरीत क्रियाकलाप गरेको आरोप लागेको छ।
एमाले मोरङले श्रेष्ठलाई तीन महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाएको छ। पार्टी जिल्ला अध्यक्ष अजम्बर काङबाङका अनुसार पार्टी विधानको धारा ५० को उपधारा ७, ११, १२ र १५ बमोजिम उक्त कारबाही गरिएको हो।
यसैबीच, एमाले मोरङले पार्टीका अन्य नेता तथा कार्यकर्तालाई पनि नीति र पद्धतिविपरीत गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।






