सेवाग्राहीसँग दुई लाख घुस लिँदै गर्दा मालपोतका नायब सुब्बा रंगेहात पक्राउ

रुपन्देही। मालपोत कार्यालय भैरहवामा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाम्चाले जग्गाको नयाँ श्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो।





