चीनद्वारा पश्चिम प्रशान्त महासागरमा लियाओनिङ विमानवाहक युद्धपोत समूहको नियमित प्रशिक्षण

बेइजिङ — चीनको जनमुक्ति सेना (पीएलए) नौसेनाले आफ्नो वार्षिक योजनाअनुरूप पश्चिम प्रशान्त महासागरको सम्बन्धित जलक्षेत्रमा विमानवाहक युद्धपोत लियाओनिङको नेतृत्वमा एक क्यारियर टास्क ग्रुप पठाएको छ। पीएलए नौसेनाको आधिकारिक वीच्याट खातामा जारी विज्ञप्तिमा यो जानकारी दिइएको हो ।
नौसेनाले दिएको जानकारी अनुसार, उक्त टास्क ग्रुपले प्रशिक्षणका क्रममा खुला समुद्रमा सामरिक उडान (फर-सिज ट्याक्टिकल फ्लाइट), प्रत्यक्ष गोलीबारी (लाइभ फायरिङ), सहयोग तथा सुरक्षा (सपोर्ट एन्ड कभर), र एकीकृत खोज तथा उद्धार (इन्टिग्रेटेड सर्च एन्ड रेस्क्यु) जस्ता विषयहरूको अभ्यास गर्नेछ । यी अभ्यासहरूले सैन्य इकाइहरूको यथार्थपरक लडाइँ प्रशिक्षण क्षमताको परीक्षण र अभिवृद्धि गर्ने लक्ष्य राखेका छन् ।
“यो वार्षिक योजनाअनुसार आयोजित नियमित प्रशिक्षण हो, जसले सेनाको आफ्नो जिम्मेवारी पूरा गर्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य राख्दछ र पूर्णतया अन्तर्राष्ट्रिय कानुन र अभ्यास अनुरूप छ,” पीएलए नौसेनाले भनेको छ ।





