१६ असार २०८३, मंगलवार

चीन–रुस मित्रताप्रति युवा पुस्ताको व्यापक समर्थन, ८० प्रतिशतभन्दा बढीले सम्बन्धलाई मैत्रीपूर्ण ठाने

बेइजिङ। चीन र रुसबीचको मित्रताप्रति दुवै देशका युवा पुस्ताले व्यापक समर्थन जनाएको एक सर्वेक्षणले देखाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त सर्वेक्षणको नतिजाप्रति प्रतिक्रिया दिँदै यो सर्वेक्षण चीन र रुसबीचको जनमतको साँचो मापक भएको बताए।

चीन–रुस मित्रता, शान्ति तथा विकास समितिअन्तर्गतको शिक्षा परिषद्को चिनियाँ र रुसी पक्षले संयुक्त रूपमा दुवै देशका १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूबीच चीन–रुस युवा मित्रता र सांस्कृतिक आदानप्रदानबारे उक्त सर्वेक्षण गरेको थियो। केही दिनअघि चीनको रेनमिन विश्वविद्यालय अन्तर्गतको ग्लोबल ओपिनियन रिसर्च सेन्टरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी ८० प्रतिशतभन्दा बढीले चीन–रुस सम्बन्धलाई मैत्रीपूर्ण रहेको धारणा राखेका छन्।

‘यो सर्वेक्षण चीन र रुसको जनमतको साँचो ब्यारोमिटर हो। यसको नतिजाले दुई देशबीचको सम्बन्धको उचाइ र युवाहरूबीच थप आदानप्रदानको आशालाई प्रतिबिम्बित गर्दछ,’ प्रवक्ता गुओले भने।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबारदेखि चीनको राजकीय भ्रमण सुरु गरेको सन्दर्भ उल्लेख गर्दै प्रवक्ता गुओले राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति पुटिनको रणनीतिक मार्गदर्शनमा चीन–रुसबीचको चिरस्थायी मित्रताले अझ बृहत् जनसमर्थन प्राप्त गर्ने पूर्ण विश्वास व्यक्त गरे। उनले दुवै देशका युवाहरू एकताबद्ध भएर नयाँ युगका लागि चीन–रुस व्यापक रणनीतिक समन्वय साझेदारीमा नयाँ जीवन्तता प्रदान गर्ने विश्वास पनि व्यक्त गरे।

उक्त सर्वेक्षणले चीन र रुसबीचको सम्बन्धप्रति युवा पुस्तामा रहेको सकारात्मक धारणा र सांस्कृतिक आदानप्रदानप्रतिको चासोलाई उजागर गरेको छ। दुई देशबीचको शिक्षा, संस्कृति र जनस्तरको सम्बन्ध विस्तार गर्न यस्ता सर्वेक्षणले महत्त्वपूर्ण मार्गदर्शन गर्ने विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button