लुम्बिनी प्रदेशसभा बैठक आज : बजेटको सिद्धान्त र प्राथमिकता पेस हुँदै

देउखुरी। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्दैछ। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।
बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ। त्यसैगरी, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सभामा पेस गर्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘महालेखा परीक्षकको पाँचौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेस गर्ने कार्यसूची रहेको छ।





