पूर्वन्यायाधीश प्रधानको निधनमा सर्वोच्च अदालत आज बन्द, इजलास सञ्चालन नहुने

काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज सर्वोच्च अदालतमा शोक बिदा दिइएको छ। शोक बिदाका कारण आज इजलास सञ्चालन नहुने जनाइएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए। पूर्वन्यायाधीश प्रधानको ९७ वर्षको उमेरमा जेठ ६ गते निधन भएको थियो।





