१५ असार २०८३, सोमबार

तारकेश्वर नगरपालिकाले तिनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनामा डोजर चलायो

काठमाडौँ। तारकेश्वर नगरपालिकाले तिनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू डोजर लगाएर भत्काएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण हटाउने आफ्नो अभियानलाई तीव्र पारेको छ।

नगरपालिकाले यसअघि पनि पटकपटक सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना स्वयं हटाउन आग्रह गरेको थियो। तोकिएको समयसीमाभित्र संरचना नहटाइएपछि नगरपालिकाले डोजर प्रयोग गरी संरचना भत्काउन थालेको हो। सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखेको नगरपालिकाले अतिक्रमणका विरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button