१५ असार २०८३, सोमबार

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षीद्वारा संसद अवरुद्ध

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ नदिएको भन्दै प्रतिपक्षी दलहरूले बिहीबार संसद बैठक अवरुद्ध गरेका छन्।

बिहीबारको बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राप्रपाले अवरोध गरेका हुन्। प्रधानमन्त्री शाह बैठकमा उपस्थित भएर आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने माग उनीहरूले राखेका छन्।

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने संसदीय नियमावलीको व्यवस्था रहेको तर त्यसको उल्लंघन भएको भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन्।

तर सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्न अस्वीकार गरेका छन्। उनले आफ्नो ध्यानाकर्षण भएको भन्दै हाल संसद बैठक सुचारु गर्न सहयोग गर्न आग्रह गरेका छन्।

यद्यपि, प्रतिपक्षी दलहरूले रुलिङ नभएसम्म संसद बैठकमा आफूहरूको अवरोध कायम रहने अडान लिएका छन्। उनीहरू उठेर संसद अवरुद्ध गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button