१५ असार २०८३, सोमबार

ओलीको प्रस्ताव : बादललाई सुशासन, पौडेललाई विभाग संयोजनको जिम्मेवारी

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको कार्य विभाजनसहित जिम्मेवारीको प्रस्ताव छलफलका लागि पेस गरेका छन्।

एक नेताका अनुसार अध्यक्ष ओलीले समग्र पार्टीको नेतृत्व आफैंले गर्ने र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई सुशासन तथा सेवा प्रवाहसम्बन्धी जिम्मेवारी दिने प्रस्ताव गरेका छन्।

यस्तै, विष्णु पौडेललाई विभागहरूको संयोजन, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार विकास र रघुजी पन्तलाई मानव स्रोत सम्बद्ध विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको नेतृत्वको जिम्मा महासचिव शंकर पोखरेललाई तथा उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभागको प्रमुखको जिम्मेवारी प्रस्ताव गरिएको ती नेताले जानकारी दिए।

उनका अनुसार उपमहासचिव रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता र योगेश भट्टराईलाई नीति तथा योजनाको जिम्मा दिने प्रस्ताव आए पनि यी विषयमा छलफल र निर्णय हुन बाँकी रहेको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button