जगद्गुरु शंकराचार्य विधुशेखर भारती ऐतिहासिक धार्मिक विजय यात्राका लागि नेपाल आउँदै

काठमाडौँ — जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् नेपालको ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन्।
यती एअरलाइन्सका अनुसार उनी जेठ ९ गते चार्टर फ्लाइटमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। उनलाई नेपाल ल्याउन एअरलाइन्सको जहाज आजै भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको एअरलाइन्सले जनाएको छ।
आयोजकका अनुसार उक्त धार्मिक विजय यात्रा जेठ ८ गतेदेखि १४ गतेसम्म पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधिहरू आयोजना गरिने जनाइएको छ।





