१५ असार २०८३, सोमबार

प्रतिनिधि सभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित

काठमाडौँ — प्रतिनिधि सभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकले उक्त विधेयक पारित गरेको हो।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त विधेयकमाथिको छलफलपश्चात् प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे।

विधेयकले विकास निर्माणका आयोजनाहरूमा वैकल्पिक स्रोतबाट वित्त परिचालन गर्ने कानुनी आधार तयार गरेको छ। यसले पूर्वाधार विकासमा निजी क्षेत्र, वैदेशिक लगानी तथा गैर-परम्परागत वित्तीय स्रोतहरू परिचालन गर्ने बाटो खोल्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button