५ असार २०८३, शुक्रबार

गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौं पटक सगरमाथाको शिखरमा

काठमाडौँ — गोरखाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ छैटौं पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा पुगेकी छन्। ‘सतोरी एड्भेन्चर’को टोलीसँगै उनी बुधबार सगरमाथाको शिखरमा पुग्न सफल भएकी हुन्।

यसअघि श्रेष्ठले सन् २०२४ मे महिनामा दुई हप्ताभित्र तीन पटक सगरमाथा आरोहण गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिइन्। उनले सोही वर्ष मे १२, मे १९ र मे २५ तारिखमा गरी एउटै याममा १३ दिनभित्र सर्वाधिक तीन पटक सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन्।

फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिकास्थित आरुटारकी निवासी हुन्। श्रेष्ठको यो नवीनतम सफलताले नेपाली महिला आरोहीको क्षमता र साहसलाई पुनः अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button