१५ असार २०८३, सोमबार

रुसी राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ — नेपालका लागि रुसी महासंघका असाधारण तथा पूर्णाधिकारवान् राजदूत महामहिम एलेक्सी भी. सुरोभत्सेभले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

सन् २०२६ मे २१ का दिन राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित औपचारिक समारोहमा राजदूत सुरोभत्सेभले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

प्रमाणपत्र पेसपश्चात् राष्ट्रपति पौडेल र रुसी राजदूतबीच शिष्टाचार वार्ता भएको थियो। सो अवसरमा दुवै पक्षले नेपाल र रुसबीचको मैत्रीपूर्ण सम्बन्ध तथा पारस्परिक लाभदायक सहकार्यलाई थप विकास गर्ने प्रतिबद्धता दोहोर्याएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button