१५ असार २०८३, सोमबार

दुर्गा प्रसाईंलाई दुई दिनभित्र अनुसन्धान सक्न वा हाजिर जमानीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंमाथि दुई दिनभित्र अनुसन्धान सम्पन्न गर्न र नसके हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शुक्रबार दोस्रोपटक थपिएको म्यादभित्र अनुसन्धान सकेर मुद्दा दायर गर्न, अन्यथा हाजिर जमानीमा रिहा गर्न भनेको हो।

प्रसाईंलाई वीरगञ्जको होटल सिद्धार्थ दियालोबाट जेठ ४ गते राज्यविरुद्धको कसुर गरेको भन्दै जरुरीप पक्राउ पुर्जी दिएर पक्राउ गरिएको थियो। भोलिपल्ट अनुसन्धानका लागि तीन दिनको समय पाएको प्रहरीले बिहीबार पुनः चार दिनको म्याद थप पाएको थियो। उक्त म्याद आइतबार सकिने भएकाले त्यो दिनसम्म अनुसन्धान सक्न र नसके रिहा गर्न अदालतले आदेश दिएको हो।

संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने खारेज गरेको छ। यद्यपि, प्रसाईंको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विपक्षीहरूका नाउँमा विशेष परमादेश जारी गरेको छ। आदेशमा प्रसाईं घाँटीको क्यान्सर रोगबाट पीडित भई नियमित उपचार र चिकित्सकको फलोअपमा रहनुपर्ने अवस्था देखिएको, उनी भागी जाने वा प्रमाण लोप गर्ने वस्तुनिष्ठ आधार नभएकाले थुनाबाहिरै राखेर अनुसन्धान गर्दा फरक नपर्ने उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button