लुम्बिनी प्रदेश सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने

दाङ — लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा ‘विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफल जारी रहने भएको छ।
शनिबार दिउँसो १ बजे बस्ने बैठकमा उक्त विधेयकमाथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने कार्यसूची रहेको छ। शुक्रबारको बैठकमा १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिएका थिए। यसका साथै, आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूची पनि रहेको छ।





