चीनको हुनान प्रान्तमा भारी वर्षाको विनाश : शिमेन काउन्टीमा ७ जनाको मृत्यु, १४ बेपत्ता

शिमेन — चीनको मध्य भागमा रहेको हुनान प्रान्तको शिमेन काउन्टीमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझ ७:३० बजेसम्म सात पुगेको स्थानीय अधिकारीहरूले जनाएका छन्। सो क्रममा थप १४ जना अझै बेपत्ता रहेका छन्।
काउन्टीको आपत्कालीन व्यवस्थापन तथा उत्पादन सुरक्षा समितिका अनुसार थप अनुसन्धानका क्रममा बेपत्ता हुनेको सूचीमा पाँच जना थपिएका छन्। घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन्।





