१५ असार २०८३, सोमबार

जङ्गी अड्डामा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया सम्पन्न, प्रधानसेनापतिले अग्रज नेतृत्वको योगदानप्रति उच्च सम्मान व्यक्त गरे

काठमाडौँ। जङ्गी अड्डामा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सो अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी, महत्त्वपूर्ण कार्य तथा कल्याणकारी गतिविधिको समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ।

उक्त अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएको बताउँदै उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरे।

यस प्रकारको कार्यक्रमबाट सेवारत र अवकाशप्राप्त सैनिकबीच निरन्तर सम्बन्ध कायम हुनुका साथै प्राप्त राय–सुझावले राष्ट्रिय दायित्वलाई आत्मसात् गरी समग्रमा राष्ट्रिय हितको संरक्षणमा सहयोगी सिद्ध हुने विश्वास नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button