एमाले सचिवालय बैठक आज पनि जारी, ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणापछि कार्यविभाजनमा संशोधनको सम्भावना

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बस्ने बैठकमा शुक्रबार बोल्न बाँकी सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
शुक्रबार सुरु भएको सचिवालय बैठकमा बोल्ने केही सदस्यले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। आजको बैठकमा महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराईलगायतले धारणा राख्नेछन्।
बैठकमा आएको सुझावका आधारमा आज कार्यविभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बुझिएको छ। शुक्रबारको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको थियो भने आज बाँकी सदस्यहरूको धारणापछि निर्णयमा पुग्ने तयारी रहेको बताइएको छ।





