५ असार २०८३, शुक्रबार

काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ — प्रहरीले काठमाडौंको गोङ्गबुबाट एसएलआर हतियारको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सप्तरीकै राजविराज–१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार काठमाडौंको टोखा नगरपालिका–९ गोङ्गबु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन र एक थान मेटलको नकसहित पक्राउ गरिएको थियो। पक्राउ परेकाहरूमाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button