१५ असार २०८३, सोमबार

रुसी कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री माधव नेपाल मस्को प्रस्थान

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुसी कम्युनिष्ट पार्टीको निमन्त्रणामा अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन शनिबार मस्को प्रस्थान गरेका छन्।

पार्टीका नेता ताजमोहम्मद मियाँका अनुसार जेठ ११ गते रुसमा हुने उक्त सम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले रुसी कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ। भेटमा नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास र आपसी हितका विषयमा छलफल हुने जनाइएको छ।

पूर्वप्रधानमन्त्री नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि सम्मेलनमा सहभागी हुन मस्को प्रस्थान गरेका छन्। टोली जेठ १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button