५ असार २०८३, शुक्रबार

सर्लाहीमा बागमती नदीमा डुबेर दुई युवकको मृत्यु, तीनको उद्धार

सर्लाही — सर्लाहीमा बागमती नदीमा डुबेर दुई जना युवकको मृत्यु भएको छ। शनिबार साँझ रौतहट र सिन्धुलीको सिमानामा पर्ने झप्सी झोलुङ्गे पुलमुनि बागमती नदी तर्ने क्रममा बेपत्ता भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार मृत्यु हुनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुर बस्ने १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो रहेका छन्। आइतबार बिहान करिब सवा १० बजे बागमती नगरपालिका–११ स्थित बागमती नदीमा रोहितको शव फेला परेको थियो भने गणेशको शव दिउँसो डेढ बजे नदीको ड्याम नजिक फेला परेको थियो।

प्रवक्ता राईले बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्मद अख्तर र ब्रहमपुरी गाउँपालिका–३ बस्ने २० वर्षीय श्याम भण्डारीको भने उद्धार गरिएको बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button