१५ असार २०८३, सोमबार

लुम्बिनीको विकास, सुशासन र उत्पादनको नीति सार्वजनिक हुँदै

दाङ, २५ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज दिउँसो १ बजे बस्ने छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको जनाइएको छ। आजको बैठकपछि लुम्बिनी प्रदेशको आगामी वर्षको मार्गचित्र सार्वजनिक हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button