सी चिनफिङ: द गभर्नेन्स अफ चाइनाको पाँचौँ खण्ड विभिन्न भाषामा प्रकाशित

काठमाडौँ, – चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वपूर्ण कृति “सी चिनफिङ: द गभर्नेन्स अफ चाइना” को पाँचौँ खण्ड फ्रान्सेली, रुसी, अरबी, स्पेनी, पोर्चुगाली, जर्मन, जापानी र परम्परागत चिनियाँ भाषामा प्रकाशित भएको अधिकारीक स्रोतले सोमबार जनाएको छ।
उक्त भर्खरै प्रकाशित खण्डमा चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका महासचिव सी चिनफिङले सन् २०२२ मे २७ देखि सन् २०२४ डिसेम्बर २० सम्मको अवधिमा दिएका ९१ वटा भाषण, लिखित कार्यहरू तथा उक्त अवधिमा खिचिएका ४१ वटा तस्वीरहरू समावेश गरिएको छ। पुस्तकलाई विषयवस्तुका आधारमा १८ खण्डमा विभाजन गरिएको छ।
यो पुस्तकले जटिल अन्तर्राष्ट्रिय परिस्थिति र कठिन आन्तरिक सुधारको सामना गर्दै चीनले अघि बढाएको उच्चगुणस्तरीय विकास, व्यापक सुधार र उच्चस्तरीय खुलापनको जीवन्त चित्रण प्रस्तुत गर्दछ। साथै, यसले समकालीन चीनको माक्र्सवादी सिद्धान्तको नवीनतम उपलब्धिलाई पनि प्रतिबिम्बित गर्दछ।
यस बहुभाषिक संस्करणको प्रकाशनले अन्तर्राष्ट्रिय समुदायलाई सी चिनफिङ विचारधाराको नवीनतम विकासबारे बुझ्न र चीनको विकास अवधारणा, समाधानका उपाय तथा चिनियाँ ज्ञानलाई गहिराइमा बुझ्न सहयोग पुर्याउने विश्वास लिइएको छ।f





