राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार परिसरको चतुव्र्युह नारायण मन्दिरमा पूजाआराधना गर्नुभयो

काठमाडौँ — राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबारसँगै रहेको चतुव्र्युह नारायण मन्दिरमा पूजाआराधना गर्नुभएको छ । आइतबार साँझ नारायणहिटी परिसरमा रहेको उक्त मन्दिरमा राजा शाह पुग्नुभएको हो ।
नारायणहिटी परिसरभित्र रहेको यो मन्दिरलाई राजा तथा राजपरिवारको धार्मिक शक्तिकेन्द्र मान्ने गरिएको छ । नारायणहिटीधाम भनिने यसै मन्दिरमा गत वर्ष पनि राजा, रानी कोमल र युवराज हृदयेन्द्रले पूजापाठ गर्नुभएको थियो ।
चतुव्र्युह नारायण मन्दिरमा पूजाआराधनापछि राजा शाह आफ्नी आमा रत्नलाई भेट्न र उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन साँझ पौने ८ बजे दरबारभित्र पुग्नुभएको बताइन्छ ।





