५ असार २०८३, शुक्रबार

यात्रुको साथबाट ४३ हजार अमेरिकी डलर बरामद

रसुवा — सार्वजनिक यातायातमा काठमाडौंबाट रसुवा जाँदै गरेका एक युवकको साथबाट ४३ हजार अमेरिकी डलर बरामद भएको छ।

आज बिहान रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डमा प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ घर भएका ३७ वर्षीय सुशिल गुरुङ रहेका छन्।

प्रहरीका अनुसार गुरुङ बा.प्र.०१–००६ ख ९५१५ नम्बरको यात्रुवाहक बसमा चढेर टिमुरे जाँदै थिए। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त बस रोकी चेकजाँच गर्दा उनको साथबाट ४३ हजार अमेरिकी डलर बरामद भएको हो।

प्रहरीले गुरुङलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button