१४ असार २०८३, आईतवार

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मन्त्रिपरिषद बैठक आह्वान, १३ मन्त्री सहभागी

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री शाहले आह्वान गरेको उक्त बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद कार्यालयमा सुरु भएको हो।

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको बैठकको तस्बिरमा प्रधानमन्त्री शाहसहित १३ जना मन्त्रीहरू सहभागी देखिएका छन्। बैठकको कार्यसूचीबारे भने सचिवालयले औपचारिक जानकारी दिएको छैन।

यसअघि आइतबार पनि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद बैठक बोलाएका थिए। नियमित प्रशासनिक कामकारबाहीका साथै समसामयिक राजनीतिक विषयहरूमा बैठकमा छलफल हुने बुझिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button