चिलिमे–केरुङ अन्तरदेशीय प्रसारण लाइन आयोजनाको प्रतिउत्तर पत्र स्वीकृत

सरकारले नेपाल र चीन जोड्ने ‘चिलिमे–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन आयोजना’को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र तयार गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त पत्र स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मिता पोखरेलले जानकारी दिए । उक्त बैठकमा धानको न्यूनतम समर्थन मूल्य तोक्ने लगायतका अन्य निर्णयहरू पनि भएका थिए ।
चिलिमे–केरुङ प्रसारण लाइन नेपाल र चीनबीच विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तारका लागि महत्त्वपूर्ण मानिन्छ। मन्त्रिपरिषद्को यो निर्णयले दुई देशबीचको विद्युत् व्यापारको मार्ग थप सहज हुने अपेक्षा गरिएको छ ।





