१५ असार २०८३, सोमबार

ल्हासाबाट काठमाडौं आइपुग्यो चिनियाँ प्रतिनिधिमण्डल

काठमाडौं — चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय सरकारका उपाध्यक्ष चाओ पेङको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल सोमबार काठमाडौं आइपुगेको छ।

उपाध्यक्ष चाओ नेतृत्वको टोली दिउँसो १ बजे हिमालय एअरलाइन्सको उडान नम्बर एच ९७७५ मार्फत ल्हासाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। चीनमा प्रान्तीय सरकारका उपाध्यक्षको सरकारी हैसियत उपमन्त्रीस्तरको मानिन्छ।

प्रतिनिधिमण्डलमा चाओ पेङसहित पाओ थिङ, त चेन, क लिए, वु काङ र सिरेन याङ्जी सदस्य रहेका छन्। टोलीको नेपाल भ्रमणको कार्यसूची र उद्देश्यबारे भने औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।

नेपाल र चीनको सिचाङ स्वायत्त क्षेत्रबीच सीमा व्यवस्थापन, व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलगायतका विषयमा नियमित उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ। सन् २०२३ मा पनि सिचाङ स्वायत्त क्षेत्रका तत्कालीन अध्यक्ष यान जिनहाई नेपाल भ्रमणमा आएका थिए। यसै सन्दर्भमा उपाध्यक्ष चाओको यो भ्रमण पनि दुई पक्षीय सम्बन्ध विस्तारकै श्रृंखलाको रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button