१३ असार २०८३, शनिबार

“देश जलाउने देशद्रोही होइनन्, संरक्षणकारी हुन्” : रास्वपा सांसद बानु

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अप्साना बानुले देशको झन्डा ओढेर देश जलाउनेहरू देशद्रोही नभई मुलुकका संरक्षणकारी भएको बताएकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बानुले भनिन्, “जेनजी थुनुवा, घाइते र सहिद देशको झन्डा ओढेर देश जलाउने देशद्रोही नभई देशलाई भित्रभित्रै काठजरी खोक्रो बनाउने धमिरालाई नष्ट पार्न टर्मिटी टाइटको भूमिका निर्वाह गरेका मुलुकका संरक्षणकारी हुन्।”

भदौ २४ गते सिंहदरबारसहित देशका सरकारी तथा सार्वजनिक संरचनाहरूमा आगलागी भएको घटनामा छानबिन भइरहेको छ भने कतिपय हिरासतमा समेत रहेका छन्। उक्त छानबिनप्रति असन्तुष्टि पोख्दै सांसद बानुले देशको संरक्षण गर्नु के गल्ती भयो भनी प्रश्न गरिन्।

उनले भनिन्, “०८४ को चुनाव ०८२ मा गराएर देशलाई निकास दिने ती जेनजी परिवर्तनकारी विगत आठ महिनादेखि जेलमा छन्। तीमध्ये कोही दुरदराजमा रहेका घरको जिम्मेवारी बोकेका छोरा, श्रीमान् र बुबा हुन् भने धेरैजसो भविष्यको खोजीमा रहेका प्लस टु पढ्दै गरेका विद्यार्थी छन्। ३७ वर्षदेखि देशलाई खोक्रो पार्ने धमिराकाविरुद्ध लडाइँ लडेर देशको संरक्षण गर्नु के उनीहरूको गल्ती भयो र!”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button