१३ असार २०८३, शनिबार

ललितपुरबाट नक्कली नोटसहित एक युवक पक्राउ

ललितपुर — ललितपुरको लगनखेल बसपार्क नजिकबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने १९ वर्षीय सुरज राई रहेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई लगनखेल बसपार्क नजिकबाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ मिति भने खुलाएको छैन। राईको साथबाट पाँच सय दरका १६ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button