मधेश प्रदेशसभामा योजनाको कामै नगरी भुक्तानीको विषय उठाएपछि सांसद हसिना खातूनको निवासमा आक्रमणको प्रयास

सर्लाही। मधेश प्रदेशसभामा जनमत पार्टीकी सांसद हसिना खातूनमाथि आक्रमण भएको छ। खातूनले मधेश प्रदेशसभामा योजनाको कामै नगरी भुक्तानी गरिएको विषय उठाएपछि आक्रमणको प्रयास भएको बताइएको छ।
सर्लाहीस्थित उनको निवास घेराउ गरेर आक्रमण प्रयास गरिएको हो। घटनाको विरोध गर्दै दोषीमाथि कारबाही गर्नुपर्ने र अख्तियारले छानबिन गर्नुपर्ने माग गरिएको छ। सांसद खातूनले प्रदेशसभामा विकास योजनाको काम नै नगरी भुक्तानी लिएको विषय उजागर गरेपछि उनीमाथि यो आक्रमण भएको बताइन्छ। घटनाप्रति जनमत पार्टीले कडा आपत्ति जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ।





