१३ असार २०८३, शनिबार

जेन–जी आन्दोलन : निर्देशक अमनप्रताप र निश्चल बस्नेतलगायत कलाकारमाथि पनि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनमा संलग्न रहेको भन्दै केही कलाकार र सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगको प्रतिवेदनमा निर्देशक अमनप्रताप अधिकारी र निश्चल बस्नेतमाथि पनि अनुसन्धान गर्नुपर्ने उल्लेख छ।

आयोगले विवेक थपलिया, सिसन बानिया, भाग्य न्यौपाने, टङ्क दाहाल र भिक्टर पौडेलमाथि पनि अनुसन्धान हुनुपर्ने ठहर गरेको छ। आन्दोलनमा मानवीय र भौतिक क्षतिमा संलग्नता, अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको तथा सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए वा नभएको विषयमा अनुसन्धान गरिनुपर्ने व्यक्तिको सूचीमा आयोगले उनीहरूलाई राखेको हो।

आयोगले यसअघि नै पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, रास्वपाका झण्डै एक दर्जन सांसद र सुरक्षा निकायका उच्च अधिकारीहरूमाथि पनि अनुसन्धानको सिफारिस गरिसकेको छ। सदस्य लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा आयोगले यी सिफारिसहरू गरेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button