चीनको हेनान प्रान्तमा क्षमताभन्दा बढी यात्रु बोकेको भ्यानलाई दुर्घटना, १३ जनाको मृत्यु, तीन घाइते

बेइजिङ। मध्य चीनको हेनान प्रान्तमा बिहीबार बिहानै क्षमताभन्दा बढी यात्रु बोकेको यात्रुवाहक भ्यानले सेमी–ट्रेलर ट्रकलाई पछाडिबाट ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूले यो जानकारी दिएका हुन्।
दुर्घटना बिहीबार बिहान करिब २ बजेर ४० मिनेटमा नानयाङ सहरस्थित द्रुतमार्ग खण्डमा भएको थियो। दुर्घटनाका समयमा नौ सिट क्षमताको उक्त यात्रुवाहक भ्यानमा १६ जना सवार थिए।
चीनको जनसुरक्षा मन्त्रालयले घटनाको अनुसन्धान तथा उद्धार प्रयासलाई मार्गदर्शन गर्न नानयाङमा कार्यदल पठाएको छ।





