ललितपुरमा विप्लवको प्रशिक्षण सुरु

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ललितपुरमा बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। अगुवा कार्यकर्तालाई पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफैँले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
यसैबीच, माओवादीले बागमती प्रदेशभर सञ्चालन हुने जनसम्बन्ध सुधार अभियानको पनि आजै उद्घाटन गर्ने भएको छ। दुवै कार्यक्रम एकैदिन सुरु गरिएको बागमती प्रदेश कार्यालयले जानकारी दिएको छ।






