१३ असार २०८३, शनिबार

सांसद मल्लद्वारा गणतन्त्र दिवसको शुभकामना

काठमाडौं । सल्यानका सांसद रमेश मल्लले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदान, संघर्ष र परिवर्तनको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्रको वास्तविक सफलता समाजको सबैभन्दा पिँधमा रहेका वर्ग र समुदायले यसको अनुभूति गर्न पाउनुमा निहित रहेको उल्लेख गरेका छन्।

सांसद मल्लले इतिहासका कमजोरीबाट सिक्दै देश र जनताको हितमा निरन्तर समर्पित भएर अघि बढ्नु सबैको जिम्मेवारी भएको बताएका छन्। उनले गणतन्त्रलाई केवल राजनीतिक व्यवस्थाका रूपमा नभई जनताको जीवनमा समानता, सम्मान, न्याय र अवसरको अनुभूति गराउने प्रणालीका रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।

शुभकामना सन्देशमा मल्लले जनयुद्ध र जनआन्दोलनका महान सहिद, बेपत्ता योद्धा, घाइते योद्धा, उनीहरूका परिवार तथा सबै मुक्तिकामी जनताप्रति उच्च सम्मान व्यक्त गरेका छन्। उनले परिवर्तनका लागि भएको त्याग र बलिदानको सम्मान गर्दै गणतन्त्रलाई जनमुखी, न्यायपूर्ण र समावेशी बनाउने दायित्व सबैको भएको उल्लेख गरेका छन्।

सांसद मल्लले सबै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले गणतन्त्रलाई संस्थागत गर्दै देशलाई समृद्धि, सुशासन र सामाजिक न्यायको दिशामा अघि बढाउनुपर्ने सन्देश दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button