१२ असार २०८३, शुक्रबार

गणतन्त्रले राष्ट्र निर्माणको महान प्रेरणा दिएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गणतन्त्रले राष्ट्र निर्माणको महान प्रेरणा प्रदान गरेको बताएका छन्।

राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित भएको र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्राप्त भएको उल्लेख गरे। ‘यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ। यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान प्रेरणा हो,’ राष्ट्रपति पौडेलले सम्बोधनका क्रममा भने।

गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू, सांसदहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू र सर्वसाधारणको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीले मार्चपास्ट तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button