१८ दिनपछि संसदमा प्रधानमन्त्री शाह, नीति तथा कार्यक्रममा पूरा समय नबसेको विरोध जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह १८ दिनपछि संसद बैठकमा उपस्थित भएका छन्। उनी शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुतिका क्रममा संसद पुगेका हुन्।
यसअघि प्रधानमन्त्री शाह वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद बैठकमा पुगेका थिए। तर, त्यस दिन उनी बैठकमा पूरा समय बसेका थिएनन्। आफ्नै नीति तथा कार्यक्रम प्रस्तुतिमा समेत पूरा समय नबसेको भन्दै उनको आलोचना भइरहेको छ।
त्यसयता प्रधानमन्त्री शाह संसदमा अनुपस्थित थिए। प्रतिपक्षी दलहरूले उनको उपस्थितिको माग गर्दै संसद बैठकसमेत अवरुद्ध गरेका थिए। नीति तथा कार्यक्रम प्रस्तुतिपछि पहिलो पटक शुक्रबार बजेट प्रस्तुतिका अवसरमा प्रधानमन्त्री शाह संसद उपस्थित भएका हुन्।





