१२ असार २०८३, शुक्रबार

एआई फ्याक्ट्री र रणनीतिक आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गरिने

काठमाडौँ । सरकारले कम्तीमा तीन महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्रीलगायत रणनीतिक महत्त्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। ‘कम्तीमा तीन महिना इन्धन भण्डारण, एआई फ्याक्ट्रीलगायत रणनीतिक महत्त्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गरिनेछ,’ उनले भने। अर्थमन्त्री वाग्लेले हाल संसद बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button