१२ असार २०८३, शुक्रबार

स्वास्थ्य बीमामा व्यापक सुधारको घोषणा, तीन वर्षमा ९० प्रतिशत नागरिकलाई दायरामा ल्याइने

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक रूपमा हेरफेर गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जीर्ण बनेको स्वास्थ्य बीमा कार्यक्रममा व्यापक सुधार गरिने बताए। उनले त्यसका लागि एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइने जानकारी दिए।

‘स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचारमा हुने खर्च कटौती हुने अपेक्षा राखेका छौं,’ अर्थमन्त्री वाग्लेले भने, ‘राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं।’

उनले पाँच वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट २४ सै घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गरिने बताए। तीन वर्षभित्र ६५ प्रतिशत र पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराइने उनको भनाइ छ।

यसैगरी, अर्थमन्त्री वाग्लेले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाइने घोषणा गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button